काठमाडौं – विगत लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदले पूर्णता पाउने भएको छ । झण्डै साढे दुई वर्षपछि प्रतिनिधिसभामा रिक्त उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज दिउँसो साढे १ बजे हुनेछ । मतदान भोलि हुने संसद सचिवालयले जनाएको छ । तात्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाउन सकेको छैन ।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ ।