काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हो । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ विचार गरियोस् भनी संसदमा पेस गर्ने कार्यसूची रहेकोे छ ।

यसअघि हिजो बुधबारको बैठकमा गृहमन्त्री खाणले नयाँ नागरिकता विधेयक सदनमा प्रस्तुत गर्नुभएको थियो । सरकारले यो विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ । साथै आजबाट प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन प्रक्रिया पनि सुरु हुने भएको छ ।