काठमाडौं – काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगलागी भएको छ । अहिले अपराह्नतिर भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी भएको प्रहरीले जनाएको हो ।

हाल विभिन्न क्षेत्रका दमकलहरुको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

प्रहरीका अनुसार उक्त आगलागीबारे एकिन विवरण आउन बाँकी छ । केही बेरअघि मात्रै लागेको आगलागी निभाउने कार्य जारी रहेको र क्षतीको विवरण आउन बाँकी रहेको जनाइएको छ ।