काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको हो ।

यसअघि नेपाल भ्रमणको पहिलो दिन नै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो । उहाँले सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । यसैगरी हिजो मङ्गलबार नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि चिनियाँ टोली आजै स्वदेश फर्किने बताइएको छ ।