काठमाडौं – विगत लामो समयदेखी रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयलाई निर्देशन दिए लगत्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले सुचना निकालेर उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन दिउँसो १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आव्हान गर्ने र ३१ असारमा बस्ने बैठकबाट उपसभामुख चयन गर्ने तालिका तय भएको बताउनुभएको छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिए पछि झन्डै २ वर्षदेखी उपसभामुख पद रिक्त छ ।