भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय सारेको छ । बोर्डले आगामी साउन पहिलो हप्ता मात्रै नतिजा प्रकाशन गर्न सकिने गरी तयारी गरेको जानकारी दिएको हो ।

बोर्डले यसअघि यही असार मसान्तभित्र एसइई नतिजा प्रकाशित गर्ने जनाएको भएता पनि सबै प्रकृया पूरा नभएकाले नतिजा प्रकाशन गर्ने समय एक सता पर सरेको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक रायमाझीले भन्नुभयो, ‘हामीले नतिजा यही असार मसान्तभित्रै प्रकाशित गर्ने भनेका थियौँ, तर समयमा उत्तर पुस्तिका ल्याउन ढिला भयो,अन्य विविध कारणले पनि प्रकाशित गर्न सकेनौँ, अब साउन पहिलो हप्ताभित्र प्रकाशित गर्छौ ।’