फाइल तस्वीर

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसमा पार्टीभित्रको मर्यादाक्रमबारे विवाद भएपछि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी भएको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नयाँ मर्यादाक्रम निर्धारणका लागि मस्यौदा प्रस्तुत भएको बताइएको हो ।

यसअघि मर्यादाक्रममा को माथि वा तल हुने भन्नेबारे नेताहरूबीच विवाद भएपछि सभापति शेरबहादुर देउवाले सह–महामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिनुभएको थियो । सह–महामन्त्री त्रय परियार, उपाध्याय र पाण्डेले मर्यादाक्रमको मस्यौदा तयार गरी आजको केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्नुभएको हो । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सह–महामन्त्री बद्री पाण्डेले मर्यादाक्रमको मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको छ ।

उहाँले विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार, पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारको मर्यादाक्रम र वर्तमान तथा भूतपुर्व पदको आधारलाई मर्यादाक्रम निर्धारणको मस्यौदा भनी तय गरेको बताउनुभयो । मस्यौदाअनुसार काङ्ग्रेसमा वरिष्ठ नेता हुने व्यवस्था हटाइएको छ । हाल सभापति देउवाले महाधिवेशनमा सहयोगी बन्नुभएका नेता रामचन्द्र पौडेललाई वरिष्ठ नेताको रुपमा दोस्रो वरियतामा राख्नुभएको छ । प्रस्तावित मस्यौदाअनुसार मर्यादाक्रमको सबैभन्दा माथि केन्द्रीय सभापति हुने, र त्यसपछि क्रमशः पुर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलको नेता हुने व्यवस्था छ । मर्यादाक्रममा त्यसपछि पार्टीका केन्द्रीय पदाधिकारी हुन्छन् । यसआधारमा अब सभापति देउवापछि मर्यादाक्रममा उपसभापतिहरू हुनेछन् ।

मस्यौदाअनुसार मर्यादाक्रम लागू भए हाल सभापतिपछि वरिष्ठ नेताका रूपमा सम्मान पाइरहनुभएका रामचन्द्र पौडेल पदाधिकारीभन्दा तल पर्नुहुनेछ । विगतका महाधिवेशनमा सभापतिपछि सबैभन्दा धेरै मत ल्याउने नेतालाई सभापतिपछिको वरीयतामा राख्ने अभ्यास रहेको थियो । तर, यसपटक सभापति देउवाले सभापतिमा पराजित नेता शेखर कोइरालालाई दोस्रो नम्बरमा राख्न अस्वीकार गरेपछि मर्यादाक्रमबारे विवाद उत्पन्न भएको थियो ।

यस्तो छ मर्यादाक्रम:

1.jpg

2.jpg

3.jpg

4.jpg