काठमाडौं – एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ । यो अफरले ग्राहकलाई १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गरेको छ । ग्राहकहरूले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित रु १२५ मा खरिद गर्छ भने प्याकको समयसीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनःखरिद गर्दछ भने उही शुल्क मा अब ५ जीबी को सट्टामा १० जीबी डेटा प्राप्त गर्न सक्ने छन् । यो अफर असार २४ गते सञ्चालनमा आएको हो ।

समयावधि सकिनु अघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिदै जाने उक्त अफरको विशेषता हो । यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुन खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युम मा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिनसहित ११ दिन हुन्छ । प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिनेछ भने कुल अधिकतम समयसीमा २८ दिनरहने छ ।

एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भन्नुभयो, ‘हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवामार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिवद्ध छौं । आफ्नो डेटा को सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछ ।’

एनसेल का ग्राहकले एस्ट्रिक १७१२३ एस्ट्रिक्स २२ ह्यास डायल गरि यो प्याक सजिलै सुचारु गर्न सक्ने छन् । ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र इ–सेवा, खल्ती, आइएमई पे जस्ता वालेट बाट पनि यो प्याक खरिद गर्न सक्नेछन् । यो अफर अन्तर्गत ल्याइएको प्याक ले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गर्दै ग्राहकलाई मूल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । ग्राहकले यस अफर अन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्ने कम्पनीले जनाएको छ ।