फाइल तस्वीर
काठमाडौं – विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी नेपालको डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । सङ्घीय परिषद् अध्यक्ष भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीचको शक्ति सङ्घर्षले विभाजनको सङ्घारमा पुगेको जसपाको बाबुराम पक्षीय बैठक आज काठमाडौंमा बस्न लागेको हो ।

अध्यक्ष यादवले आफ्नो पक्षका केन्द्रीय कार्यकारी समितिको बैठक भोलि बुधबार वीरगञ्जमा बोलाउनु भएको छ । डा.भट्टराई पक्षको बैठक आज मङ्गलबार र भोलि बुधबार गरी दुई दिन काठमाडौंमा बस्ने भएको छ भने, यादव पक्षको बैठक भोलि बुधबार पर्सी बिहीबार गरी दुई दिन वीरगञ्जमा बस्ने भएको छ ।

केही समयदेखि यी दुई शीर्ष नेतृत्वबीच टकराव बढ्दै जाँदा पार्टी विभाजनको सङ्घारमा पुगेको छ । नेताद्वय यादव र भट्टराई पक्षबीच तालमेल नमिले पछि सहमतिमा दुवै पक्ष विभाजन हुने निर्णयमा नेताहरु पुगिसकेका छन् । जसपामा डा.भट्टराईभन्दा अध्यक्ष यादवको बहुमत देखिन्छ । जसपा यादवको पक्षमा आउने देखिएको छ ।

भट्टराई पक्षको बैठकमा पार्टीमा देखिएको अन्तरसङ्घर्ष, स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।