काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रधानमन्त्री शेरबहादुर देउवाले नचलाएको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री पत्नी आरजु राणाप्रति लक्षित गर्दै उक्त आरोप लगाउनुभएको हो ।

आज काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उहाँले प्रश्न गर्दै भन्नुभयो, “सरकार कसले चलाउँछ ? सरले कि मेडमले ? दिदीले चलाउनुहुन्छ कि भाइले ? भिनाजुले कि सालोले ? कसले चलाउनुहुन्छ ?”