फाइल तस्वीर

काठमाडौं – नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो १ बजे बैठक बोलाउनुभएको हो ।


बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा केन्द्रीय समितिको एजेण्डा तय गर्ने बताइएको छ । काङ्ग्रेसले स्थानीय तहको चुनावको समीक्षा गर्न भोलि दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक राखेको छ ।

बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने एजेण्डासमेत रहेको छ । स्थानीय निर्वाचनपछि पहिलो पटक काङ्ग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दै छ ।