फाइल तस्वीर
काठमाडौं – आज मुलुकभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान एक नम्बर प्रदेश र बागमती प्रदेशको एक÷दुई स्थानमा वर्षा भइरहेको छ ।

विभागकै मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार दिउँसो पहाडी भूभागका केही ठाउँ र बाँकी भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

यसैगरी आइतबार राति एक नम्बर प्रदेशसहित गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । मनसुनी वायुको प्रभाव सोमबार पनि पर्ने छ । देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षाहुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।