फाइल तस्वीर

काठमाडौं – सरकारले राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको गोली हानी हत्या भएको घटनाप्रति गहिरो दुख व्यक्त गरेको छ । नेपाल सरकारले उहाँको परिवार, जापान सरकार र जापानी जनाताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेकोे निधनमा आज शनिबार राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ । रासस