फाइल तस्वीर


धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको बताउनुभएको हो ।

उपमहानगरपालिकाले मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उहाँ सरकारी गाडी चढ्न मान्नुहुन्न । गाडी बेचेर रोलर किन्ने उहाँको प्रस्तावलाई हिजो बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ ।

धरान उपमहानगरपालिकाका मेयर साम्पाङलले फेसबुकमा लेख्नुभएको छ, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।