साङ्केतिक तस्वीर
धनगढी– दार्चुलामा एक शिक्षिकाको लडेर मृत्यु भएको छ । बिहीबार मार्मा गाउँपालिका–४ मा रहेको दुर्गेश्वरी आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका छाया महराको लडेर मृत्यु भएको हो ।
घर नजिकैको खेतमा जाँदै गर्दा ३८ वर्षीया महराको मृत्यु भएको उनका आफन्तले बताएका छन् ।