प्रतिकात्मक तस्वीर

भक्तपुर – भक्तपुरमा गए राति मिनी ट्रक र स्कुटर आपसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा ५ ख ५४२३ नम्बरको मिनी ट्रकले बा ६७ प ८४२२ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका–८ लिवालीका ४३ वर्षीय सत्यराम कर्मचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।