उदयपुर– परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिक्षाको विकास बिना समृिद्ध हाँसिल हुन नसक्ने बताउनुभएको छ ।

त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा भएकोले मेरो चासो शिक्षा भएको हो ।’

कार्यक्रममा मन्त्री खड्काले गुणस्तरीय शिक्षामा ध्यान दिँदै प्रदेशकै लिडिङरोल गर्न सक्ने बनाउन आग्रह समेत गर्नुभयो ।