फाइल तस्वीर

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको बैठकले स्थायी समिति गठन गरेको छ । पार्टीको विधानअनुसार ४१ सदस्यीय स्थायी समिति गठन गरिएको पार्टी अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकलाई उक्त कुराको जानकारी गराउनु हो ।

स्थायी समितिमा पार्टी अध्यक्ष प्रचण्डसहित, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोखरेलसहित केन्द्रीय कार्यालय सचिव, पार्टी मातहतका आयोगका अध्यक्षलगायत रहनुभएको छ ।

यस्तै कही आमन्त्रित र वरिष्ठ महिला नेतालाई पनि स्थायी समितिमा समेटिएको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनु भयो । केन्द्रीय समिति बैठकले प्रचण्डको प्रस्तावलाई अनुमोदन गरेको छ ।