फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेपाली काङग्रेसले गैरसरकारी सामाजिक संस्थाहरू अपारदर्शी रहेकाले नियमन गर्नुपर्ने बताएको छ । राष्ट्रियसभाको आज बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काङ्ग्रेसका सांसद युवराज शर्माले नेपालमा कार्यरत गैरसरकारी सामाजिक संस्थाहरू अपारदर्शी रहेकाले नियमन गर्नुपर्ने धारणा राख्नु भएको हो ।

राष्ट्रियसभाका बैठकमा बोल्दै सांसद शर्माले नेपालमा कार्यरत गैरसरकारी संस्थाहरूमा पारदर्शिता र जवाफदेहिताको अभाव देखिएको बताएका बताउनु भएको छ । सांसद शर्माले त्यस्था संस्थाहरूको लगानी पनि नियमपूर्वक नभएको भन्दै नियमन गर्नु आवश्यक औल्याउनु भएको छ । नेपालमा सञ्चालित गैरसरकारी सामाजिक संस्थाहरुको काम पारदर्शी नभएको गुनासाहरु बेलाबखत आइरकेका छन् । यसलाई नियमन गर्नु सरकारकाको दायित्व हो ।