फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को दुई दिनदेखि स्थगित भएको केन्द्रीय समिति बैठक केही समयका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्नु भएको पोलिटब्यूरो सदस्यको नाममा विवाद उत्पन्न भएपछि विवाद समाधान खोज्न बैठक स्थगित गरिएकोे हो ।

अध्यक्ष प्रचण्डको सचिवालयलका अनुसार बैठक केही समयको लागि स्थगित भएको हो । अध्यक्ष प्रचण्डले बिहीबारको बैठकमा १२५ सदस्यीय पोलिटब्यूरो गठनको प्रस्ताव गर्नु भएको थियो । प्रचण्डले प्रस्ताव गर्नु भएको पोलिटब्यूरो सदस्यहरुमा अध्यक्ष पुष्पकमल दाहालसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, पम्फा भुसाल, चक्रपाणि खनाल, मातृका यादव, दिनानाथ शर्मा, हितराज पाण्डे, उर्मिला अर्याल‚ सुरेन्द्र कार्की‚ नारायण दाहाल‚ सन्तु दराई‚ गणेशमान पुन‚ हितबहादुर तामाङ‚ कालीबहादुर मल्ल‚ कमला रोका‚ झक्कु सुवेदी‚ हरि अधिकारी‚ सुरेश राई‚ शशि श्रेष्ठ‚ प्रह्लाद बुढाथोकी‚ रेखा शर्मा, जोखबहादुर महरा‚ खगराज भट्ट‚ टेक बस्नेत‚ महेश्वर गहतराज, अञ्जना विशुंखे‚ राजु खड्का‚ कृष्णध्वज खड्का‚ शिवकुमार मण्डल‚ रामकुमार यादव‚ मायाप्रसाद शर्माको नाम प्रस्ताव गरिएको छ ।

यसैगरी पोलिटब्यूरोका अन्य सदस्यहरुमा सुरेश आले मगर‚ अमृता थापा‚ सूर्य सुवेदी पथिक‚ महेश्वर दाहाल‚ दिलीप प्रजापति‚ इन्द्र आङ्बो‚ लक्ष्मण पन्त‚ लेखनाथ न्यौपाने‚ जगत यादव‚ रामेश्वर राय‚ परशुराम तामाङ‚ देवेन्द्र पौडेल‚ गणेश शाह‚ सुनील मानन्धर‚ देवेन्द्र पराजुली‚ कल्पना धमला‚ सीता पोखरेल‚ अजम्बर काङबाङ‚ पदम राई‚ ओनसरी घर्ती‚ बलावती शर्मा‚ प्रकाशहरि पोखरेल‚ दीपेन्द्र पुन‚ सत्य पहाडी‚ अच्युतम काफ्ले‚ सन्तकुमार चौधरी‚ नेपबहादुर चौधरी‚ रेणु दाहाल‚ देवराज रेग्मी‚ केशव नेपाल‚ बिना मगर‚ रमेश मल्ल‚ युवराज चौलागाईं‚ युवराज दुलाल‚ हेमराज पोखरेल‚ निर्मल आचार्य‚ रामप्रसाद सापकोटा‚ माधव सापकोटा‚ अजयशङ्कर नायक‚ अमर तमु‚ सुशीला सिम्खडा‚ किसन शर्मा‚ बालकृष्ण गैरै‚ कुमारी मोक्तान‚ रुपा चौधरी‚ रामकुमार शर्मा‚ धर्मशीला चापागाईं‚ ओम शर्मा‚ रामदीप आचार्य‚ बसन्त घर्ती‚ राजन दाहाल‚ टीका बुढाथोकी‚ शालिकराम जमकट्टेल‚ विमला सुवेदी र गोपाल शर्मा रहनु भएको छ ।

अध्यक्ष दाहालले यी नामहरु प्रस्ताव गरेपछि केन्द्रीय समितिका सदस्यहरु उक्त नामावली प्रति असहमति प्रकट गरेपछि विवाद उत्पन्न भएको थियो । केन्द्रीय समितिको जारी बैठकको पदाधिकारी चयन गर्ने सम्बन्धमा पनि सहमति जुट्न नसक्दा नेताहरुमा विगह्र देखिएको छ । राजधानींको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय समितिको बैठक १९ गते आइतबारदेखि सुरु भएको हो । २१ गते मङ्गलबार सम्पन्न गर्ने भनिएको बैठक विशेष परिस्थितिले दुई दिन स्थगित भै आज बिहीबार बसेको बसेको हो ।