साङ्केतिक तस्वीर


काठमाडौं – काठमाडौंको सानोभ¥याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान २ बजे बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिँदा स्कुटरको पछाडि सवार चितवनका अर्जुन लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेडिकल कलेज सीतापाइलामा मृत्यु भएको प्रहरीले जनाएका छ । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।