बाजुरा – बाजुराको बुढीगङ्गा नगरपालिकामा आज मतदान हुँदैछ । गत ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगङ्गामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

वैशाख ३० को मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहले बुथ कब्जा गरेका थिए । बुढीगङ्गा नगरपालिकामा १० वटा मतदानस्थल र १९ वटा केन्द्र निर्धारण गरिएको छ । बुढीगङ्गामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वटा वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ रहेको छ ।

मेयरमा एमालेबाट रामबहादुर बानियाँ र नेपाली काङ्ग्रेसबाट रङ्गबहादुर खाती उम्मेदवार छन् ।