काठमाडौं – अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नुभएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा उक्त कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस