फाइल तस्वीर

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै संसदीय छानबिन समितिलाई सहयोग गर्ने आश्वासनसहित अर्थमन्त्री शर्माले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।


बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भएको भन्दै प्रश्न उठेपछि संसदले आज बुधबार ११ सदस्यीय संसदीय छानबिन विशेष समिति बनाएको छ । संसदीय विशेष समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहनु भएको छ ।
सो समितिले बजेटमा करको दर हेरफेर गर्ने सम्बन्धमा अनाधिकृत व्यक्ति प्रवेश गरेको विषय छानबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्ने छ ।