फाइल तस्वीर

काठमाडौं – प्रतिनिधिसभाको आज बुधबारको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । बिहान ११ बजे बस्ने कार्यसूची तय भएको उक्त बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय समिति बनाउन माग गर्दै आएको छ । बैठक सुचारु गर्न प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरूबीच छलफल चलिरहेको छ ।

बैठक सुचारु गरेर अर्थमन्त्री जनार्दन शर्माले आफ्नो धारणा प्रतिनिधिसभामा राख्न चाहेका छन् । एमालेले भने अर्थमन्त्री शर्माको सम्बोधन बहिस्कार गर्ने बताएको छ ।

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री देउवामाथि काङ्ग्रेस नेताहरूले दबाब बढाउँदै लगेका छन् । चौतर्फी रुपमा अर्थमन्त्री शर्माको आलोचना हुन थालेसँगै नेकपा माओवादी केन्द्र पनि छानविन समिति बनाउन सहमत देखिएको छ ।