प्रतिकात्मक तस्वीर

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका– ६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि–१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामा रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिराहाबाट भैंसी लोड गरी काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भइ आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढसय मिटर तल खसेको थियो ।