काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले आज एक सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो ।

नेपाल आँखा अस्पतालमा पाँचौं तहदेखि नवौं तहसम्म आवेदन माग गरिएको छ । आवेदन साउन ४ गतेभित्र दिइसक्नु पर्नेछ । सर्टलिष्टमा परेकालाई मात्र अन्तर्वार्ताका लागि बोलाइने अस्पतालले जनाएको छ ।