फाइल तस्वीर

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै गृहमन्त्री खाँणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताउनुभएको हो ।

बैठकमा गृहमन्त्री खाँणले भन्नुभयो, राजधानीको सुरक्षा गर्ने नेपाल प्रहरीको अधिकारभन्दा पनि जिम्मेवारी हो । जनताको पनि सुरक्षा गर्ने प्रहरीको जिम्मेवारी हो । अन्तर्राष्ट्रिय परिदृश्य बदलिइरहेका छन्, त्यसकारण सुरक्षा संवेदनशीलता बढिरहेको छ । सुरक्षासँग सम्बन्धी कतिपय नीति निर्णयको गोपनीयता पनि राख्नुपर्ने हुन्छ । काठमाडौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्छ । काठमाडौँ एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान नै किडन्याप भएर गयो ।

नेपालले मात्र होइन, जसको विमान किडन्याप भयो उसले पनि मूल्य चुकाउनुप¥यो। अहिले पनि पश्चिमा आकाशमा विमान बन्देज छ । यसबीचमा नेपालमा दुई देशका राष्ट्रप्रमुख आउनुभएको थियोे । त्यसको सुरक्षामा १० हजार जनशक्ति परिचालन गर्नुप¥यो । त्यो किन गरियो भने नेपाल सुरक्षित गन्तव्य हो । अन्तर्राष्ट्रिय चासो र विश्वसनीयता पनि बढेर जान्छ भन्ने थियो ।

बाटोमा एउटा पनि कालोझन्डा देखायो भने संसारभर सूचना त्यही बन्छ, फलानो देशको राष्ट्र प्रमुख गयो र कालोझण्डा देखाइयो । सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर विधेयक ल्याएको हो । प्रदेश प्रहरीको अधिकार कटौतीको मनसुवा होइन । काठमाडौं उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंको सुरक्षाका लागि ल्याइएको हो । ’