फाइल तस्वीर
काठमाडौं – देशकै राजधानी काठमाडौं उपत्यकामा हैजाको महामारीको सम्भावना देखिएको छ । अहिलेसम्म हैजाका बिरामीको सङ्ख्या १० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । ।

जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएअनुसार नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएका छन् । कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ । जनस्वास्थ्यविद्हरुले सङ्क्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखापर्नु हैजाले महामारीकै रुपमा लिन सक्ने बताएका छन् ।

उपत्यकामा वितरण भैरहेको जार, बोतल तथा ट्याङ्कर व्यवसायीले वितरण गर्ने पानीको गुणस्तरको अवस्थाबारे जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने भएको छ ।