फाइल तस्वीर
काठमाडौं – सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

आज मङ्गलबार ११ बजेका लागि तय भएको उक्त बैठक विशेष कारणले स्थगित भएको र बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी गराउनु भएको छ ।

आज बस्ने भनिएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने र केन्द्रीय समितिको बैठक समापन गर्ने कार्यक्रम थियो ।

आइतबारदेखि सुरु भएको बैठकमा पहिलो दिन प्रदेश इञ्चार्ज÷अध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुङ्गो लगाउनु पर्ने धारणा राखेका थिए ।

भोलि बुधबारका लागि सारिएको बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिनुहुने र बैठक समापन गर्ने माओवादी केन्द्रले जनाउको छ ।