फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज मङ्गलबार बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री समेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवा उपस्थित नहुने जनाइएको छ । आज बस्ने पदाधिकारीको बैठक पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने भएको छ ।

प्रधानमन्त्री देउवा कार्य व्यस्तताका कारण आजको पदाधिकारी बैठकमा उपस्थित हुन नसक्ने पार्टी कार्यालयले बताएको छ । आजको बैठकमा पार्टीको भातृ सङ्गठनका बारेमा छलफल हुने एजेण्डा रहेको छ ।