फाइल तस्वीर

नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक बस्दै छ । आजको बैठकमा शेखर कोइराला समूहले पाँच बुँदे असन्तुष्टि जाहेर गर्ने भएको छ । पार्टीका सबै विभागमा ४० प्रतिशतको दाबी गर्दै आफूहरूले असन्तुष्टि जाहेर गर्ने तयारी गरेको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिनुभएको छ ।

गत बिहीबार बसेको कोइराला समूहका बैठकले सरकार भ्रष्टाचारमा लिप्त भएको, सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचनात्मक विद्रोह’ गर्ने निष्कर्ष निकालेको थियो । महामन्त्री गगन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांश नेताको उपस्थिति रहेको थियो ।

काङ्ग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।