फाइल तस्वीर

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।


बैठकमा तीन विषयमाथि छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । पौडेलका अनुसार समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुङ्ग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गरिनेछ ।