काठमाडौं – नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रटिलिटर रु नौ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर रु पाँच रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजेलरमट्टितेलको रु १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु १९० रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन –बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ । पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ ।