फाइल तस्वीर
काठमाडौं — आर्थिक दैनिक पत्रिकाको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासङ्घले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासङ्घले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
‘कुनै पनि बहानामा यस किसिमले कुटपिट हुनु र कार्यालय तोडफोडको प्रयास हुनु निन्दनीय हुनुका साथै प्रेसविरोधी काम हो’, महासङ्घद्वारा आज सोमबार जारी विज्ञप्तिमा उल्लेख गर्दै ‘महासंघ प्रेसविरोधी यस्ता कर्यमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउन र पत्रकार तथा सञ्चारमाध्यमलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गर्दछ’ भनी उल्लेख गरिएको छ ।
महासङ्घका अुनसार आइतबार राति करिब ९ बजे मादक पदार्थ सेवन गरेका महेश खड्का नामका व्यक्तिले आफूलाई नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रतन खड्काको दाजु भएको बताउँदै आर्थिक दैनिकको कार्यालयमा प्रवेश गरेका थिए ।
ती व्यक्ति एक्कासि कार्यालयमा प्रवेश गरी बिनाकारण त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीमाथि कुटपिट गर्नुका साथै तोडफोडको प्रयाससमेत गरेका थिए । उक्त घटनालगत्तै प्रहरीलाई खबर गरेपछि पक्राउ परेका निज खड्कालाई सडकमा पु¥याएर प्रहरीले तुरुन्तै छोडेको थियो । महासङ्घद्वारा जारी विज्ञप्तिमा ‘प्रहरीको यस्तो गैरजिम्मेवार कार्यको विरोध गर्दछ’ भनि उल्लेख गरिएको छ ।