साङ्केतिक तस्वीर
काठमाडौं – नेपालस्थित भारतीय राजदूतावास परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको जनाइएको छ । काठमाडौंको लैनचौरस्थित दूतावासभित्र ड्युटीमा रहेका दीपक सिंह नाम गरेका भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो ।

ती सुरक्षा गार्ड दीपक सिंहले आफैंलाई गोली हानी आत्महत्या गरेको बताइएको छ । घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिए पनि शवको व्यवस्थापन आफैं गर्ने बताएको छ ।