फाइल तस्वीर

काठमाडौं – प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बानेश्वरस्थित संसदभवनमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभामा राखिएका केही विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ । राष्ट्रिय सभामा उत्पत्ति भएका तीन विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले ‘नेपालको संविधानको धारा ५३ एवम् सुशासन(व्यवस्थापन तथा सञ्चालन)ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७\७८ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तो छ प्रतिनिधिसभा बैठक कार्यसूची ?