काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किनुभएको छ । प्रधानसेनापति शर्मा तीन देशको भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनुभएका हो ।

प्रधानसेनापति शर्मा गत असार ४ गते लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमणमा जानुभएको थियो । प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गर्नुभएको थियो ।

त्यसपछि असार १३ मा उहाँ अमेरिका जानुभएको थियो । सेही क्रममा उहाँले न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गर्नुभएको थियो ।