काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजोदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकमा दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

साथै पदाधिकारीको चयनको विषयमा पनि थप छलफल हुनेछ । बैठकका ९ एजेण्डामध्ये आज बाँकी एजेन्डामा छलफल हुनेछ । आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुङ्गो लगाएको छ । जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन् ।

पहिलो दिन अध्यक्ष प्रचण्डलले एजेण्डा प्रस्तुत गरेपछि प्रदेश इञ्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गर्नुभएको थियो ।