काठमाडौं – तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका पाँच सचिवालय सदस्यबीच भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका वामदेव गौतमबीच आज भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काङ्ग्रेससँगको गठबन्धनलगायतका विषयमा छलफल भएको बताइएको छ । नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।

नेकपा एकता राष्ट्रिय अभियानका वामदेवले कम्युनिस्ट एकता गर्ने चर्चा चलिरहँदा पाँच सचिवालय सदस्यबीचको भेटलाई विशेष अर्थपूर्ण रूपले हेरिएको छ । उहाँले नेकपा एकताकै लागि भनेर नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय दल दर्ता गराउनुभएको थियो ।