फाइल तस्वीर

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले कृषि उपजमा अर्बौंको आयातले मुलुकको व्यापारघाटा चिन्ताजनक अवस्थामा पु¥याएको पनि उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएकोप्रति उनीहरूको प्रशंसा गर्नुभयो ।