काठमाडौं – नेकपा (माओवादी केन्द्र) को कमलादीस्थित प्रज्ञा भवनमा बसेको केन्द्रीय समिति बैठकमा विविध ९ एजेन्डाबारे छलफल हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठकमा स्थानीय चुनावको समीक्षा, पार्टीको पदाधिकारी चयन, आगामी चुनावलगायत एजेन्डामाथि छलफल भइरहेकोे छ ।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डले शपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे जानकारीका साथै प्रदेशहरूबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र सङ्घको निर्वाचनको तयारी लगायत विविध एजेण्डा पेश गर्नुभएको छ ।

हेरौं माओवादी केन्द्रले पदाधिकारी चयनसहित बैठकमा प्रस्तुत गरेका ९ वटा एजेन्डाहरू
१. सहिदप्रति श्रद्धाञ्जली
२. केन्द्रीय सदस्यको शपथ
३. बैठक सञ्चालनको प्रक्रियाबारे अध्यक्षबाट जानकारी
४. प्रदेशको रिपोर्टिङ अध्यक्षहरूले गर्ने, मधेसको हकमा इन्जार्जले (१० मिनेटको समय)
५. इन्जार्जको रिपोर्टिङ (१० मिनेटको समय)
६. संगठनात्मक
क. पोलिटब्युरो, स्थायी समिति गठन
ख. कार्यविभाजन र संरचनाबारे
७. स्थानीय तहको समीक्षा
८. आगामी निर्वाचनबारे
९. विविध