काठमाडौं – काठमाडौंको बबरमहलमा कार दुर्घटना भएको छ । आज बिहान भएको उक्त कार दुर्घटनामा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेको प्रहरीले जनाएको छ ।

घाइते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भैरहेको छ । घाइते मध्ये गिरीको अवस्था गम्भिर रहेको बताइएको छ । आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।