काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर्मचारी माग गरेको हो ।

प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा २ हजार ९ सय १७ जना कर्मचारी माग गरेको छ । पहिले माग गरेको संख्यामा यस दिन थप गरेर कर्मचारी माग गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।