काठमाडौं – काठमाडौंको बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटिएकी छिन् । स्थायी घर काभ्रे भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेकी हुन् ।

छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । घटनास्थलमा मृतकका बुवा आमा आइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।