काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो ।

आज बस्ने सचिवालय बैठकका लागि हिजो शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले एजेण्डा तय गरिसकेको छ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुने बताइएको छ ।