फाइल तस्वीर

काठामाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताउनुभएको छ । आज शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै गृहमन्त्री खाँणले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत् राज्यले नभई व्यक्तिले जस लिनेगरी दुरूपयोग हुने बताउनुभयो । मन्त्री खाँणले ७५३ वटा स्थानीय तहहरू मध्ये ७५२ वटा स्थानीय तहमा बैंक पुगेको र बाँकी एउटा स्थानीय तहमा यहीं असार मसान्तसम्ममा पुग्ने जानकारी दिनुभयो ।