काठमाडौं – नेपाली काङ्ग्रेसको संस्थापन इतर पक्षको नेतृत्व गर्दै आउनुएका डा.शेखर कोइराला पक्षको समुहले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको आरोप लगाएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरीत एकलौटी रुपमा अघि बढिरहेको आरोप लगाएको हो ।

बैठकमा सहभागी सह–महामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गर्ने गर्नुभएको छ । देउवाले महाधिवेशनपछि पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर गर्नुभएको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा समेत देउवाले आफूखुसी नियुक्ति गर्नुभएको थियो ।