काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । यहि असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

५ सय ७ सदस्यीय रहेको जसपाको केन्द्रीय समितिमा हाल ४ सय ९९ सदस्य रहेका छन् । फुटको सङ्घारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच अलग हुने विषयमा छलफल जारी छ ।