फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताउनु भएको छ । ६४ औं संसद दिवसको अवसरमा आज बिहीबार सङ्घीय संसद भवनको ल्होत्से हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राख्नु भएको हो ।

प्रधानमन्त्री देउवाले मुलुकलाई समृद्ध बनाउने दायित्व सबैको रहेको हो भन्दै ‘अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्थामार्फत् मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो’– भन्नुभयो ।

वि.सं. २०१६ साल असार १६ गते नेपालमा पहिलो संसद् बैठक बसेको र अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय भएको प्रधानमन्त्रीले बताउनु भयो । प्रधानमन्त्री देउवाले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको जिकिर समेत गर्नुभयो ।